Movie News
-
‘बिहे पास’ नामक चलचित्र निर्माण हुने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने छ ।
-
मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् ।
-
आकाश अधिकारीको सभापतित्वमा नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ ।
-
चलचित्र ‘प्रकाश’बाट धनगढीकी रेनु योगीले डेब्यू गर्ने भएकी छिन । दिनेश राउतको निर्देशन रहने चलचित्रका लागि अभिनेता प्रदिप खड्काको अपोजिटमा रेनु फाइनल भएकी हुन् ।
-
चलचित्र ‘परदेशी–२’ आउँदो वर्षको दशैंमा प्रदर्शन हुने भएको छ । यही वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य सहित छायाँकन थालिएको भए पनि कोरोनाका कारण बिचैमा छायाँकन रोकिएको थियो ।
-
सविन अधिकारीको निर्देशन रहने चलचित्र ‘गणपति’ को छायाँकन सुरु भएको छ । तनहुँ बन्दीपुर गाउँपालिको थारुबासबाट चलचित्रको छायाँकन सुरु भएको हो ।
-
ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्र ‘चुरीफुरी’ को सुटिङ भइरहेको छ । चलचित्रमा हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका कलाकारहरुको बाहुल्यता छ ।
-
अभिनेत्री स्वस्तिमा खड्काले नाटकमा अभिनय गर्ने भएकी छन् । अभिनेत्री खड्काले २०६१ सालको मदन पुरस्कार बिजेता पुस्तक ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा अभिनय गर्न लागेकी हुन् ।
-
चलचित्र ‘गोर्खे’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘गोर्खे गोर्खे’ बोलको लिरिकल भिडियोमा गोर्खाली सैनिकको बहादुरी देखाइएको छ । गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द र शास शाक्यको स्वर र संगीत रहेको छ ।
-
चलचित्र ‘मनसँग मन’को ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति तय भएसँगै उक्त गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र एउटा यस्तो प्रेम कहानीको ट्रेलर सार्वजनिक गरिएको छ । माघ १ अर्थात बिहिबारबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा एक्सन र प्रेममय देखिन्छ ।
-
चलचित्र ‘लप्पन छप्पन २’ नेपाली, हिंन्दी, तमिल र भोजपुरी गरी चार भाषामा रिलिज हुने भएको छ । निर्देशक मुकुन्द भट्टले उक्त कुराको जानकारी दिएका हुन् ।
-
सरकारले चैत्र ७ गतेबाट बन्द रहेका चलचित्र हलहरु पुनः सञ्चालनको अनुमति दिएको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले हलहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
-
२०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिएको छ ।
-
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘कृष्ण–लीला’ को छायाँकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो ।
-
अभिनेत्री ऋचा शर्माले ‘कौसीद’ नामको चलचित्र निर्माण गर्ने भएकी छिन । अंग्रेजी नयाँ वर्षको अवसर पारेर उक्त चलचित्र निर्माणको घोषणा गरेकी हुन् ।
-
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले माघ १ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।
-
चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रले भगवान र मानिसबीचको फरक देखाउने जनाइएछ ।
-
चलचित्र ‘हिड्दा हिड्दै’ को छायाँकन आरम्भ गरिएको छ । आकाश श्रेष्ठ, सलोन बस्नेतलगायतका कलाकारको अभिनय रहने छ ।
-
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश आइटम गीत ‘हलाल’मा मिना निरौलाको स्वर, बीबी थापाको शब्द र किशोर थापाको संगीत रहेको छ ।
-
नेपाल चलचित्र कलाकार संघले लकडाउनको क्रममा अफ्ट्यारोमा पर्ने आम नागरिकको राहत तथा सहयोगमा खटिने कलाकारहरुलाई सम्मान गर्ने भएको हो ।
-
नेफ्टा अवार्डको १० औं संस्करण यहि वर्ष फागुन अन्तिम साता आयोजना हुने भएको छ । गत वर्ष चैत्र २२ गते टुंडिखेलमा आयोजना हुने भनिएको अवार्ड कोरोनाका कारण स्थगित भएको थियो ।
-
कलाकार तथा निर्देशक दिपाश्री निरौलाले ‘अर्न्तदृष्टि नेपाल’ नामक अनाथालयलाई एक लाख ८० हजार रुपैयाँ सहयोग गरेकी छिन ।
-
‘लप्पन छप्पन २’ ले तोक्यो रिलिज मिति, शिबरात्रीमा प्रदर्शन हुने
भोली शुक्रबारबाट चलचित्र हलहरु पुनः सञ्चालनमा आउने पक्का भएपछि ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरेको हो । -
चलचित्र ‘छक्का पन्जा ३’ युट्यबमा सार्वजनिक भएको छ । दुईवर्ष अगाडी दशैंको अवसरमा सार्वजनिक प्रदर्शन भएको चलचित्र बुधबार साँझ युट्युब रिलिज भएको हो ।
-
चलचित्र ‘माया बस्छ कि के हो’ को फष्टलुक पोस्टर सार्वजनीक गरिएको छ । राजु अधिकारीको निर्देशनमा बनेको चलचित्रको फष्टलुकसँगै शीर्ष गीत प्रदर्शन गरिएको छ ।
-
सरकारले शर्तसहित चलचित्र छायांकन गर्न अनुमति दिएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले बिगत ९ महिनादेखि चलचित्र क्षेत्र बन्द राखेको थियो ।
-
चलचित्र ‘कहानी तिम्रो मेरो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा केकी अधिकारी र निराजन प्रधान फिचर छन् । उनीहरुलाई रोमान्टिक - कमेडी अवतारमा देख्न सकिन्छ ।
-
दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रकाश’का लागि कलाकारको खोजी गरिएको छ । मुख्य अभिनेताका रुपमा यस अघि नै प्रदिप खड्कालाई फाइनल गरेको निर्माण टिमले अन्य कलाकारको खोजी गरेको हो ।
-
अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छिन । श्वेताले धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गरेकी हुन । विवाह काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा भएको छ ।
-
नेपाल फिल्म सोसाइटीको अमेरिका शाखा गठन भएको छ । नायक तथा निर्माता नवराज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
-
नेपाल र अमेरिकामा छायाँकन हुने भनिएको चलचित्र ‘रेड वाइन’बाट कलाकार पल शाह बाहिरिएका छन् । चलचित्रबाट पल बाहिरिए पछि उनको ठाउँमा कलाकार पुष्प खड्काको प्रवेश भएको छ ।
-
२०६५ को व्लकबस्टर चलचित्र प्रसाद यतिबेला युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा आइपुगेको छ । आइतबार राति देखि चलचित्रले पहिलो स्थान कब्जा गरेको हो ।
-
चलचित्र समिक्षक तथा पत्रकार गोकर्ण गौतमको निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार बिहान निधन भएको हो ।
-
सर्ट मुभी ‘आइसक्रिम’ले अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२० मा दुई बिधामा अवार्ड प्राप्त गरेको छ ।
-
चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । चलचित्रमा बारपाकको जनजीवन र त्यहाँको रहन सहनलाई समेटिने छ ।
-
अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक भएको छ । सन् २०१९ अप्रिल १२ मा प्रदर्शन भएको यो चलचित्र डेढ वर्षपछि यूट्युबमा सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘कृष्ण लिला’मा अभिनेत्री परिवर्तन गरिएको छ । यसअघि मुख्य अभिनेत्रीका लागि दीपिका प्रसाईलाई अनुबन्ध गरिएको भए पनि हालै उनको ठाँउमा श्रद्धा क्षेत्रीलाई अनुबन्धित गरिएको छ ।
-
चलचित्र ‘चिलगाडी’ निर्माणको औपचारिक घोषणा गरिएको छ । फुलपातीको अवसर पारी चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
दिनेश र प्रदिपको चलचित्र ‘प्रकाश’, दुर्गम भेगको पात्रले देख्ने सपनाको कथा
‘प्रसाद’ जस्तो गम्भिर विषयको चलचित्र बनाएका दिनेश राउतको निर्देशन रहने चलचित्रको नाम ‘प्रकाश’ तय भएको छ । -
चलचित्र ‘चोर र पुलिस’को छायांकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको चलचित्रको दोलखाको कालिन्चोकबाट छायांकन सुरु भएको हो ।
-
घटस्थापनाको दिन पारेर शनिवार चलचित्र ‘भाँडाकुटी’ निर्माणको घोषणा गरिएको छ । किरण बिकले निर्देशन गर्ने चलचित्रको छायाँकन आउँदो फागुनबाट शुरु हुनेछ ।
-
घटस्थापनाको अवसर पारे चलचित्र ‘आई एम ट्वान्टी वान’को छायाँकन शुरु गरिएको छ । रेनशा वान्तवा राईको निर्देशन रहने यो चलचित्र निर्माणको घोषणा २ वर्ष अघि नै गरिएको थियो ।
-
नेपाली चलचित्रका प्रथम नेपाली छायाँकार वैकुण्ठमान मास्केको कोरोना भाइरस सक्रमणका कारण निधन भएको छ।
-
कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि चलचित्र निर्माण तथा प्रदर्शन ठप्प रहेको बेलामै निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् ।
-
सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत र माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको छ ।
-
प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वकृति लिएरमात्र प्रयोग गर्न प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ ।
-
चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक गरिएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ ।
-
चलचित्र ‘गोबर गणेश’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘अमिलो मोई’ बोलको गीतमा रिमेश कुमारको संगीत र एलिना चौहान र निशान भट्टराईको स्वर रहेको छ ।
Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi