A Mero Hajur 3

Feature Film Love StoryApr 12, 2019Hall Release

News

चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक

लेन्सनेपाल २०७५ माघ २७
चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक

चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गरिएको छ । ज्योतिषको समय अनुसार सरस्वती पुजा अर्थात श्री पञ्चमीको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा मुख्य कलाकार अनमोल केसी र डेव्यु अभिनेत्री सुहाना थापालाई फिचर्ड गरिएको छ ।

झरना थापा निर्देशित चलचित्र ए मेरो हजुरको तेस्रो सिरिज हो । चलचित्रमा अनमोल र सुहानाका अलवा सरोज खनाल, अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, रक्षा गौतम, रुपा घिसिङ लगायतका कलाकारको अभिनय रहेको छ । सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाइृ सुनिल कुमार थापाले निर्माण गरेका हुन । डेव्यु अभिनेत्री सुहाना अभिनेत्री तथा निर्देशक झरना र निर्माता सुनिलकी छोरी हुन ।

चलचित्रमा सुमन पौडेल र अभिनेत्री तथा निर्देशक थापाको कथा, सञ्जय लामाको छायाँकन, आशिष अविरल, प्रतिक पौडेल र कल्याण सिंहको संगीत, कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व र बनिष शाहको सम्पाद रहेको छ । चलचित्र चैत्र २९ गतेबाट प्रदर्शन हुने जनाइएको छ ।