A Mero Hajur 3

Feature Film Love StoryApr 12, 2019Hall Release

News

फ्राइडे रिलिज : ‘ए मेरो हजुर ३’ र ‘यात्रा’

लेन्सनेपाल २०७५ चैत्र २९

आजबाट दुई चलचित्रहरु एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसर पारी प्रदर्शनमा आएका चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्राः अ म्युजिकल भ्लग’ हुन् ।



‘ए मेरो हजुर ३’


‘ए मेरो हजुर ३’ म्युजिकल लभ स्टोरी जनराको चलचित्र हो । चलचित्र स्टार र फ्यान विचको प्रेमकथामा केन्द्रित छ । चलचित्रमा अनमोल केसी, सुहाना थापा, अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् भने सुनिल कुमार थापाले निर्माण । यसै चलचित्रबाट झरना र सुनिलकी छोरी सुहाना थापाले डेव्यु गरेकी छिन । सुहानासँग अनमोल केसीले अनस्कृन रोमान्स गरेका छन् । चलचित्र सुहाना इन्टरटेनमेन्टको व्यानरमा बनेको हो ।  चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व र दिर्घ खड्काको सम्पादन रहेको छ ।


‘यात्राः अ म्युजिकल भ्लग’


‘यात्राः अ म्युजिकल भ्लग’को म्युजिकल लभ स्टोरी जनराको चलचित्र हो । चलचित्रमा भ्लगरहरुको कथा समेत देखाइएको छ । सम्राट शाक्य निर्देशित चलचित्रमा सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत, प्रेक्षा बज्राचार्य, रेयर राई, जान्वी बस्नेत, विशाल कटुवाल, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको छ ।

कोटकी कालिका देवीफिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् भने सुशील पोखरेल निर्माता,सर्जुमान लिगल कार्यकारी निर्माता र बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा सञ्जय लामाको छायाँकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत र बनिश शाहको सम्पादन रहेको छ ।