A Mero Hajur 3

Feature Film Love StoryApr 12, 2019Hall Release

News

हिरोइन होइन कलाकार बन्न मन छ – सुहाना थापा

लेन्सनेपाल २०७५ चैत्र २६
हिरोइन होइन कलाकार बन्न मन छ – सुहाना थापा

पछिल्लो पुस्ताका चर्चित अभिनेता हुन् अनमोल केसी । अनमोलले अहिले सम्म सात चलचित्रमा नायककको रुपमा काम गरेका छन् । डेव्यु चलचित्र होस्टेलमा प्रकृति श्रेष्ठ, जेरीमा अना शर्मा, ड्रिम्समा साम्राज्ञी राज्य लक्ष्मी शाह, गाजलुमा श्रृष्टि श्रेष्ठ, कृमा अदिति बुढाथोकी, क्याप्टेनमा उपासना सिंह ठकुरी र प्रियंका एमभी र ए मेरो हजुर ३ मा सुहाना थापासँग अनमोलले अनस्कृन रोमान्स गरेका छन् । अनमोलका सबै चलचित्रमा नायिका नयाँ हुने गरेका छन् ।

चैत्र २९ गतेबाट प्रदर्शन हुने चलचित्र ‘ए मेरो हजुर ३’ मा काम गरेकी सुहाना फिल्मी घरानाकी हुन । अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन सुहाना । उनले चलचित्रमा अनमोलको पात्रको फ्यानको भुमिका निभाएकी छिन् । ‘ए मेरो हजुर ३’ म्युजिकल स्टार र फ्यान विचको प्रेम कथामा आधारित म्युजिकल लभ स्टोरी चलचित्र हो ।

चलचित्रमा स्टारको डाइहार्ट फ्यान भएर काम गरेकी सुहाना रियल लाइफमा भने कसैको पनि जवरजस्त फ्यान होइनन् । आफु भगवान कृष्णको मात्र फ्यान भएको बताउँने सुहानाले आफ्नो पात्रलाई न्याय गर्न अनमोलको फ्यान हुने कोसिस गरिन । हरेक पल अनमोलको तस्विर हेर्ने, सुत्ने वेला होस् वा उठेपछि किन नहोस् अनमोलको फेसबुक र इन्स्टाग्राम चेक गर्ने, तस्विर लाइक गर्ने जस्ता कृयाकलापलाई बढ्वा दिइन । वर्कसपको क्रममा पनि अनमोललाई फलो गरिन । जसका कारण उनलाई दिमाख भरि अनमोल भर्न सहज भयो ।

त्यसो त अनमोलको सहयोगका कारण डेव्यु चलचित्र भए पनि काम गर्न सहज भएको सुहानाको अनुभव छ । केही कुरा भने दुवैमा समान छन् । दुवै कृष्ण भगवानका फ्यान हुन, दुवै भेजिटेरियन हुन्, दुवै फिल्मी घरानाका हुन्, फिल्मी माहौलमा हुर्केका कलाकार हुन, दुवै सधारण छन् अनि आदार र सम्मानको संस्कार सकेका छन्, घमण्ड कम र मेहनत ज्यादा गर्छन । सायद यसैले पनि उनीहरुलाई एकअर्कासँग काम गर्न केही सहज भएको पक्कै हुनुपर्छ ।

तर, सुहानालाई अनमोलसँग काम गर्ने भन्दा बित्तिकै आफ्नो हाइटको निकै चिन्ता लागेछ । उनले आफ्ना ड्याडी निर्माता सुनिल कुमार थापालाई आफ्नो हाइट त्यो पनि अनमोल केसीसँग पुग्छ त भनेर सोधेकी रहिछन् । वर्कशपको क्रममा अशान्त शर्माले सुहानालाई हाइट भन्दा पनि अभिनय महत्वपूर्ण कुरा भएको बताए । जब अशान्तले अभिनयमा अव्वल भयो भने हाइटले खासै फरक पर्दैन भनेर बुझाए सुहाना कन्भिन्स भइन । अहिले सुहानालाई आफु हिरोइन जस्तो लाग्दैन । कलाकारका रुपमा आफुलाई चिनुन् भन्ने चाहना राखेकी सुहाना अभिनयमा अव्वल बन्ने धुनमा देखिइन ।

अनमोल र सुहाना अभिनत चलचित्र ए मेरो हजुर ३ लाई झरना थापाले निर्देशन गरेकी हुन् ।