Aakashe Kheti
Feature Film ComedyMar 11, 2022Hall Release
News
फ्राइडे रिलिज अन्र्तगत ‘आकाशे खेती’ रिलिज

फ्राइडे रिलिज अन्र्तगत नेपाली चलचित्र ‘आकाशे खेती’ रिलिज भएको छ । उदय सुब्बाको निर्माण तथा निर्देशन रहेको चलचित्रले युवाहरुले विना मिहिनेत पैसा कमाउन देख्ने सपना र तिब्वतियन शरणार्थीको विषयलाई प्रस्तुत गर्नेछ ।
चलचित्रमा गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको चलचित्रको कथा निर्देशक आफैले तयार पारेका हुन् । चलचित्रको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्के बुढा’ ले लेखेका हुन् ।
एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।
यस्तै आजबाट साउथ डब चलचित्रहरु ‘राधे श्याम’ र ‘इटी’ प्रदर्शनमा आएका छन् । मल्टीप्लेक्समा साउथ डब चलचित्रका कारण नेपाली चलचित्रले न्यून शो पाएको छ । साउथ सुपरस्टार प्रभास अभिनीत चलचित्र हो ‘राधे श्याम’ । अर्को चलचित्र ‘इटी’मा साउथ सुपरस्टार सूर्याको अभिनय रहेको छ ।
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma