Agastya (Chapter 1)
Feature Film ActionMar 01, 2024Hall Release
News
‘अगस्त्य’ले सामाजिक र मानसिक तवरबाट समग्र कथा भन्ने सौगाको भनाई

‘अगस्त्य’ निर्माण टिम यतिबेला प्रचार प्रसारमा ब्यस्त छ । सौरभ चौधरी निर्देशित एक्सन–थ्रीलर चलचित्रको प्रचार सामग्रीले चर्चा पाइरहदा निर्माण टिम थप आक्रामक रुपमा प्रचारमा जुटेको हो ।
प्रदर्शन मिति नजिकिएसँग निर्माण टिमले राजधानी सहित देशका प्रमुख शहरहरुमा पनि प्रचारात्मक गतिबिधी बढाएको छ । यसै क्रममा सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्लले ‘अगस्त्य’सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर चलचित्र भएको बताए । बदलाको कथामा आधारित चलचित्रका लागि रिलिज डेट नजिकिदै जाँदा सौगात दर्शक भेट्न तराई मधेशमा केन्द्रित छन् । तराईको भूभागसंगै हरेक नेपालीले हेर्ने पर्ने कथा बनेको बताउदै सौगातले चलचित्रले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा बोलेको बताएका छन् ।
चलचित्रमा सौगाले निधाएको पात्रका लागि उनको मेहनतको चौतर्फि चर्चा भइरहेको छ । सौगातले ‘अगस्त्य’को पात्रलाइृ न्याय गर्न निकै मेहनत गरेको सार्वजनक प्रचार सामग्रीबाट पनि देख्न सकिन्छ ।
फागुन १८ गतेबाट प्रदर्शन हुने चलचित्रमा सौगात सहित नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको चलचित्रमा निर्देशक चौधरीकै लेखन रहेको छ । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।
New Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri -
Mayavi
Director : Diwakar Bhattarai
Casts : Paul Shah, Dipika Prasai, Prashant Tamrakar, Sushil Sitaula, Karishma Shrestha -
Laaj Sharanam
Director : Kumar Kattel
Casts : Sitaram Kattel, Bijay Baral, Arpan Thapa, Vijay Lama, Srijana Adhikari
Next Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant