Anugraha
Feature Film Nov 16, 2018Hall Release
News
चलचित्र ‘अनुग्रह’ को गीत सार्वजनिक

चलचित्र ‘अनुग्रह’ को गीत सार्वजनिक गरिएको छ । भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत चलचित्रमा समावेश ‘यो जीवनमा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा कमल रसाइली र अनिशा मैनालीको स्वर रहेको छ भने शब्द तथा संगीत ‘दोषी’ नविन सुब्बाको छ ।
आगामी शुक्रबारबाट प्रदर्शन हुने चलचित्र एल भी सिने मेकर्स र अनुग्रह फिल्म्सको व्यानरमा निर्माण भएको हो । कुमार केसीको निर्देशन रहेको चलचित्रमा सुबाश मेचे, रोहन सेन्चुरी, संजय न्यौपाने, राज गिरी, क्रिस्टिना राई, क्रिस्टिना सेन्चुरी, आरति गुप्ता, दीपशिखा शिलवाललगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा बिक्रम डी सीको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, ‘दोषी’ नबिन सुब्बा र शंकर थापाको संगीत तथा पदम तामाङको कोरियोग्राफी रहेको छ ।
जेनिका सेन्चुरीको प्रस्तुति रहेको चलचित्रलाई सन्तोष खवासले निर्माण गरेका हुन ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri