Appa

Feature Film Jun 28, 2019Hall Release

News

‘आप्पा स्टोरी च्यालेन्ज’ शुरु

लेन्सनेपाल २०७६ जेष्ठ ९
‘आप्पा स्टोरी च्यालेन्ज’ शुरु

चलचित्र ‘आप्पा’ले ‘आप्पा स्टोरी च्यालेन्ज’ शुरु गरेको छ । असार १३ गतेदेखि रिलिज हुन लागेको चलचित्रको उक्त च्यालेन्ज बारे अभिनेता दयाहाङ राईले भिडियो सामग्री मार्फत जानकारी दिएका छन् ।

‘आप्पा स्टोरी च्यालेन्ज’मा दुई माध्यमबाट सहभागिता जनाउन सकिनेछ । फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै ‘आप्पा’लाई भन्न मन लागेको कुरा लेख्नु पर्नेछ । र, त्यस पोस्टलाई ‘आप्पा नेपाली मुभी’को फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । अन्तिममा उक्त पोस्ट आफ्नो ३ जना साथिलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नु पर्नेछ । त्यस्तै भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै बुवा ९आप्पा०सँगको भिडियो अपलोड गरेर ‘आप्पा’लाई भन्न मन लागेको कुरा प्रष्फुटन गर्नुपर्नेछ । फोटोमा जस्तै ३ जना साथि र ‘आप्पा’ सिनेमाको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गरेर ‘आप्पा स्टोरी च्यालेन्ज’को बारेमा बताउनु पर्नेछ । च्यालेन्जमा सहभागी मध्ये जसको स्टोरी प्रेरणादायिक हुन्छ, त्यसलाई विजेता घोषित गरिनेछ । फोटोस्टोरीको विजेताले २५ हजार नगद र ‘आप्पा’ प्रिमियरको २ वटा टिकट प्राप्त गर्नेछन् । भने, भिडियो स्टोरी तर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र प्रिमियरको दुई वटा टिकट जित्नेछन् । इच्छुकले असार ६ गते भित्र च्यालेन्जमा सहभागिता जनाइसक्नु पर्नेछ ।

अनमोल गुरुङ निर्देशित चलचित्रमा दयाहाङले आप्पा ९बुवा०को भूमिका निर्वाह गरेका छन् । सिनेमाले बाबु(छोराको सम्बन्धको कथा भन्छ । माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा निर्मित चलचित्रमा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय रहेकोछ । रुदेन सदा लेप्चाले निर्माण गरेको चलचित्रमा अनमोल गुरुङको संगीत, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायाँकन र योजना प्रधानको कोरियोग्राफी छ । भने, चलचित्रका कार्यकारी निर्माता मबो चेम्जोङ हुन् ।