Bahaab

UA 105 mins Feature Film Family DramaApr 07, 2023Hall Release

News

‘बहाव’को ‘बहाव यि मनका’ सार्वजनिक

लेन्सनेपाल २०७९ चैत्र २१
‘बहाव’को ‘बहाव यि मनका’ सार्वजनिक

चलचित्र ‘बहाव’को ‘बहाव यि मनका’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद कँडेलका शब्द र बसन्त सापकोटाको स्वर तथा संगीत रहेको छ ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको मुख्य भूमिका रहेको चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको छ ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको चलचित्र आगामी चैत २४ गतेबाट प्रदर्शन हुँदैछ । श्रीधर पौडेलको निर्माण रहेको चलचित्रमा सुरक्षा र कमलसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको छ ।

Today's Birthday (2)