Bahaab

UA 105 mins Feature Film Family DramaApr 07, 2023Hall Release

News

‘बहाव’को ‘यो मनरोग’ सार्वजनिक

लेन्सनेपाल २०७९ फागुन २८
‘बहाव’को ‘यो मनरोग’ सार्वजनिक

चलचित्र ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन रहेको छ ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको मुख्य भूमिका रहेको चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको छ । निर्देशक कँडेलले गीतमा देखाइएको पानीको बहावजस्तै कथाले पनि प्रमुख पात्र सुरक्षाको जीवनमा आउने बहावलाई देखाएको बताए । ‘बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हो । यसमा सुरक्षा र कमलमणिबीचको अन्तद्र्वन्द्वपछिको विद्रोहलाई सुरक्षामार्फत देखाउने प्रयास गरेका छौं’, उनले भने ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको चलचित्र आगामी चैत २४ गतेबाट प्रदर्शन हुँदैछ । श्रीधर पौडेलको निर्माण रहेको चलचित्रमा सुरक्षा र कमलसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको छ ।