Bihe Pass
Feature Film Love StoryApr 14, 2023Hall Release
News
‘बिहे पास’को टिजर सार्वजनिक

दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ ।
सार्वजनिक टिजर प्रेम, परिवार र संघर्षको वरिपरि घुमेको छ । बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्रका लागि दयाहाङ र प्रकृतिको यो पहिलो सहकार्य हो । प्रकृतिले झन्डै ८ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् । प्रवेश पौडेलले निर्देशन गरेको चलचित्रमा दयाहाङ र प्रकृतिसंगै शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, श्याम राई, विशाल पहारी, सुवाष गजुरेल, हिउँवाला गौतमलगायतका कलाकारहरुको अभिनय छ ।
आकाश बराल र साजन काफ्लेको कथा र पटकथा रहेको चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । चलचित्रमा शिव ढकालको छायांकन, प्रवेश मल्लिकको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ । आरआर फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा रोजन श्रेष्ठको निर्माण र ग्याल्जेन लामा र बालकृष्ण पाख्रिनको सहनिर्माण रहेको छ । चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri