Bir Bikram 2
Feature Film May 17, 2019Hall Release
News
‘वीरविक्रम २’ को पोस्टर सार्वजनिक
चलचित्र ‘वीरविक्रम २’ को पोस्टर सार्वजनिक गरिएको छ । मुख्यकलाकार पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी र बुद्धि तामाङलाई स्थान दिदै ६ पोष्टर सार्वजनिक गरिएको हो ।
यसअघि दुई गीत सार्वजनिक गरिसकेको चलचित्रको ट्रेलर भने केही दिनमा सार्वजनिक गरिने जनाइएको छ । जेठ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
सन् २०१६ को चलचित्र बिर बिक्रमको सिरिजका रुपमा बिरबिक्रम २ बनेको हो । निर्माता समेत रहेका निर्देशक चाम्सका अनुसार बिरबिक्रम भन्दा फरक कथावस्तुमा निर्माण भएका कारण यसलाई सिक्वेल नभनेर सिरिज भनिएको छ ।
चलचित्रमा सुदीप बरालको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र प्रदीप भारद्धाजको लेखन रहेको छ ।
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora