Cha Cha Hui
Feature Film Love StoryNov 22, 2019Hall Release
News
‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक

चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य चार क्यारेक्टर प्रेम अर्थात् आर्यन सिग्देल, भोला अर्थात भोलाराज सापकोटा, संगीता अर्थात् मिरुना मगर र श्यामलाल अर्थात माओत्से गुरुङको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।
चलचित्रमा आर्यन र भोला हङकङमा काम गरिरहेका दुई युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । साम्तेन भुटियाको निर्देशन रहेको चलचित्रमा आर्यन, भोला, मिरुना र माओत्सेका अलवा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतका कलाकारको अभिनय रहेको छ ।
रोमान्टिक कमेडी जनराको चलचित्रमा सुशन प्रजापतिको छायाँकन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा, राजनराज शिवाकोटी र रोशन थापाको संगीत, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी र सुजिल कर्माचार्यको पाश्र्वसगीत रहेको छ । मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई अमृत घले लामाले निर्माण गरेका हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri