Chhakka Panja 3
UA Feature Film Comedy, SocialOct 10, 2018Hall Release
News
बाह्र चलचित्रलाई ‘ब्लकबस्टर फिल्म अवार्ड’

बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा ‘ब्लकबस्टर नेपाली फिल्म अवार्ड–०७५’ सम्पन्न भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा भएको अवार्ड समारोहमा ०७५ सालमा प्रदर्शन भएका बाह्र चलचित्रलाई ब्लकबस्टर अवार्ड प्रदान गरिएको छ ।
चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ०७५ सालमा प्रदर्शन भएका बाह्र फिल्मका निर्मातालाई सम्मान तथा तीन चलचित्र पत्रकारलाई अग्रज सुवेदी चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
गत वर्षको अन्त्यमा प्रदर्शन आएको चलचित्र देखि गत शुक्रबार सम्म प्रदर्शनमा आएका चलचित्र मध्ये बाह्र चलचित्रलाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाका प्रमुख आरके सुवेदीले जनाएका छन् । उक्त अवसरमा ०७५ सालमा प्रदर्शन भएका लिलीबिली, भैरे, बोबी, कायरा, नाइ नभन्नु ल–५, रामकहानी, इन्टमिन्टु लन्डनमा, छक्कापन्जा–३, जयभोले, चंगा चेट, प्रसाद, र क्याप्टेनलाई सम्मान गरिएको छ । चलचित्रको व्यापार, चर्चा र दर्शकको रुचीअनुसार एक दर्जन चलचित्रलाई अवार्ड प्रदान गरिएको सुबेदीले जनाएका छन् । यस्तै सो अवसरमा नगद ११ हजार एक सय ११ रुपैयाँ नगद र ट्रफीसहित पत्रकारहरु लक्ष्मण सुवेदी, डब्बु क्षेत्री र सबी कार्कीलाई ‘अग्रज सुवेदी चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri