Chhakka Panja 3
UA Feature Film Comedy, SocialOct 10, 2018Hall Release
News
छक्का पञ्जा ३ को दोस्रो गीत ‘पछि उमेर’ सार्वजनिक

चलचित्र छक्का पञ्जा ३ मा समावेश पछि उमेर ढल्किन्छ... बोलको गीत सार्वजनिक भएको छ ।
नवलपरासी स्थित सास्वत धाममा छायाँकन गरिएको गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे र बुद्धी तामाङ फिचर्ड भएका छन् ।
निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द पोखरेल र दिपकराज गिरीले लेखेका हुन । गीतमा महाराज थापाले संगीत संयोजन, कबिराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन र बिपिन मल्लको सम्पादन रहेको छ ।
चलचिमा प्रियंका कार्की, स्वस्तिमा खड्का र वर्षा राउत अतिथी भुमिकामा देखिएका छन् । दिपकराज गिरीको कथा र पटकथा रहेको चलचित्रको सम्बाद दिपकका साथै, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठले लेखेका हुन ।
चलचित्र दशैमा प्रदर्शन हुने भनिए पनि अहिले सम्म दशैको कुन दिन रिलिज हुने हो त्यो सार्वजनिक गरिएको छैन ।
दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्रलाई सुमन गिरी, शिबहरी पौडेल, किरण केसी, पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया, केदार घिमिरे, जितु नेपालका साथै दिपक राज गिरी र दिपाश्री निरौलाले निर्माण गरेका हुन ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota