Chi Musi Chi - Even Dead Desire Belonging
PG Feature Film HorrorJan 06, 2023Hall Release
News
‘चि मुसी चि’को पहिलो गीत ‘कथा’ सार्वजनिक
आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक कथा बोलको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा स्थान दिइएको छ ।
म्युजिक प्रोडुसरमा रोहित शाक्य, म्युजिक कम्पोजरमा शाक्य र बिराज गौतम तथा सौरभ श्रेष्ठ र कम्पोजर गायक गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा डाक्टर त्रिशला गुरुङको पनि स्वर सुन्न सकिन्छ ।
निर्देशक मर्ण जेम्सले चलचित्रमा कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएकको बताइन् । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपाल लगायतका कलाकार अभिनय रहेको छ ।
चलचित्रले नेपालमा हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड बसाउने निर्माण पक्षको विश्वास छ । चलचित्रको सार्वजनिक ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएकाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ ।
चलचित्रलाई मर्ण जेम्स र यश सैनीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ । चलचित्रको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् । उच्च कोटीको हरर चलचित्र हेर्ने दर्शकहरुको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्देशक जेम्सको निर्माता चक्रावर्ती बताउँछन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire






