Chiso Manchhe
Feature Film Social DramaJun 17, 2022Hall Release
News
चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक

चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
३ मिनेट १६ सेकेन्ड लामो ट्रेलरमा विदेशबाट रातो बाकसमा आएको शव गाडीमा लिएर काठमाडौंदेखि बजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा भनिएको छ । अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता अपर्ण शर्मा, देशभक्त खनाल प्रमुख भूमिकामा देखिएका छन् ।
दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्र असार ३ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ । डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय छ । निर्देशक खनालकै कथा, पटकथा, संवाद तथा छायांकन रहेको चलचित्रमा दीर्घ खड्काको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri