Dal Bhat Tarkari
Feature Film May 03, 2019Hall Release
News
‘दाल भात तरकारी’को ५१ औं दिन, प्राविधिकलाई बोनस, नायिकालाई आइफोन

चलचित्र ‘दाल भात तरकारी’ले प्रदर्शनको ५१ औं दिनको सेलिब्रेसन गरेको छ । बैशाख २० गतेबाट प्रदर्शनमा रहेको चलचित्रले आइतबार ५१ औं दिन पुरा गरेको हो ।
राजधानीका तीन सिंगल स्क्रिन गोपीकृष्ण, अष्टनारायण र गुण हलमा ५१ दिन पुगेको अवसरमा निर्माण टिमले प्राविधिकहरुलाई प्रमाणपत्र र बोनस वितरण गरेको थियो । उक्त कार्यक्रममा चलचित्र निर्माणमा आवद्ध सम्पूर्ण टिमलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अभिनेत्री आँचल शर्मालाई भने आइफोन समेत उपहार दिइयो । निर्माता किरण केसीले आँचलले ‘दाल भात तरकारी’ले ५१ दिन मनाएको खण्डमा आफूलाई आइफोन दिनुपर्छ भनेकाले उक्त उपहार दिइएको हो ।
सुदन केसीले निर्देशन गरेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, बसुन्धरा भुषाल, राजाराम पौडेल, विल्सन विक्रम राई, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको ५१ दिनको सलिब्रेसन कार्यक्रममा चलचित्र क्षेत्रका बिभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral