Dal Bhat Tarkari

Feature Film May 03, 2019Hall Release

News

‘दाल भात तरकारी’को ‘एन्टिबायोटिक’ सार्वजनिक

लेन्सनेपाल २०७६ बैशाख १३
‘दाल भात तरकारी’को ‘एन्टिबायोटिक’ सार्वजनिक

चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘एन्टिबायोटिक खाउला’ बोलको गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत र मिना निरौलाको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ ।

आउने शुक्रबारबाट प्रदर्शन हुने चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । कलाकार किरण केसीका छोरा सुदनले यसै चलचित्रबाट निर्देशनमा डेव्यु गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसीलगायतको अभिनय रहेको छ ।

चलचित्रमा हरिबंश आचार्यको लेखन, दिर्घ गुरुङको छायाँकन र मित्र डि. गुरुङको सम्पादन रहेको छ । मह संचारको प्रस्तुतिमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्र कमेडी जनराको हो ।