Dayarani
UA Feature Film Family DramaFeb 09, 2024Hall Release
News
हङकङमा ‘दयारानी’को प्रिमियर

चलचित्र ‘दयारानी’को हङकङ प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा ८ सय भन्दा बढी दर्शकको उपस्थिती रहेको आयोजकले बताएको छ ।
हङकङको युङलुङ थिएटर हलमा भएको प्रिमियरबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ श–शुल्क प्रिमियर शो गरिएको हो । जहाँ चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेता दयाहाङ राई, अभिनेत्री दिया पुन, कलाकारद्धय पुष्कर गुरुङ, डिबी गुरुङलगायतका कलाकारहरु उपस्थित थिए ।
सामाजिक कथावस्तुमा आधारित चलचित्रलाई हङकङमा रहेका ब्यवसायी मोहन (टिला) गुरुङसंगै किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुसीमान गुरुङ, क्याप्टेन सुरेन्द्र गुरुङ, क्याप्टेन प्रकाश गुरुङले संयुक्तरुपमा निर्माण गरेका हुन् । चलचित्रमा बिजय बराल, प्रमिश गुरुङ, शिरिसा कुवँर, नयन गुरुङ, कृष्टि गुरुङ समेतको अभिनय रहेको छ । चलचित्र साउन ३० गतेबाट सार्वजनिक प्रदर्शन हुनेछ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri