Dayarani
UA Feature Film Family DramaFeb 09, 2024Hall Release
News
‘दयारानी’को रिलिज पोष्टपोण्ड, नयाँ मिति फागुन ९

चलचित्र ‘दयारानी’को रिलिज पोष्टपोण्ड भएको छ । अब यो चलचित्र महाशिवरात्रीको अवसर पारी फागुन ९ गतेबाट प्रदर्शन हुने भएको छ । ‘दयारानी’को यो तेस्रो डेट हो । यसअघि जेठ १० मा आउने भनिएको चलचित्र साउन ३० लाई सारिएको थियो । तर, उक्त डेट समेत पर्वितन गर्दै झन्डै ६ महिना पछाडी धकेलिएको छ ।
प्रदर्शन मिति परिवर्तन गरेसँगै चलचित्रको नयाँ पोष्टर समेत सार्वजनिक गरिएको छ । चलचित्रमा दयाहाङ राई, दिया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक माओत्से गुरुङले राम्रो रिलिज डेट नपाउदा गुनासो पोखेका छन् । प्रायस् ठुला व्यानर र ब्राण्ड बनाइसकेका चलचित्रले छायाँकन पुर्व नै चाडको रिलिज तय गरिदिन्छन । त्यसले रिलिजको तयारी गरिरहेको चलचित्रलाई असर पुग्ने उनको तर्क छ । ‘हामी चलचित्रको सबै काम सकेर बसेकालाई हल छैन तर, सुटिङमा नगएकाले हल ओगटेर राख्ने रोग रहेछ नेपाली चलचित्र उद्योगमा । यो रोग कहिलेसम्म रहने हो ?’ गुरुङले प्रश्न गरेका छन् ।
खराब आचरणको श्रीमान र दयालु स्वभावकी श्रीमतीको कथा भन्ने चलचित्रको कथा पनि निर्देशक स्वयम्को हो । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्र मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको हो । चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri