Dayarani
UA Feature Film Family DramaFeb 09, 2024Hall Release
News
‘दयारानी’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘दयारानी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक चिरी च्याट्टै बोलको गीतमा मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको छ । गीतमा शब्द र संगीत सिवाकोटीकै छ । लोक फ्लेवरको गीतमा कलाकार दयाहाङ राई र दीया पुनलाई फिचर्ड गरिएको छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई रवि न्यौपानेले खिचेका हुन् ।
जेष्ठ १० गतेबाट प्रदर्शन हुने चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । माओत्से गुरुङ भाषाको चलचित्रका अव्वल निर्देशक तथा कलाकार हुन् । चलचित्रले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भन्ने निर्देशक गुरुङले बताएका छन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्देशक स्वयम् को हो । चलचित्रमा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri