Dayarani
UA Feature Film Family DramaFeb 09, 2024Hall Release
News
चलचित्र ‘दयारानी’को ट्रेलर सार्वजनिक

चलचित्र ‘दयारानी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले चलचित्र पारिवारिक कथामा आधारित रहेको देखाएको हो ।
झण्डै २ मिनेट ३५ सेकेण्ड लामो ट्रेलरमा दयाहाङ राईको पात्रले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएको र उनकी श्रीमती र परिवारले दोश्रो विवाह गर्ने कुरा गरेपछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ । चलचित्रमा दयाको श्रीमतीको भूमिकामा दिया पुनले अभिनय गरेकी छिन ।
माओत्से गुरुङले फिचर फिल्म निर्देशनमा डेब्यू गरेको ‘दयारानी’ माघ २६ गतेबाट प्रदर्शन हुँदैछ । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri