Dayarani
UA Feature Film Family DramaFeb 09, 2024Hall Release
News
प्रदर्शन मिति तय गर्दै ‘दयारानी’ को पोष्टर सार्वजनिक

चलचित्र ‘दयारानी’ को फस्टुलक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका २०७६ साल जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
फस्टलुक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनलाई प्रस्तुत गरिएको छ । माओत्से गुरुङको निर्देशनमा बनेको चलचित्रमा एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भनिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता राईले आफ्नो नामसँग मिल्ने गरि चलचित्रको नाम नराखिएको स्पष्ट पारेका छन् । त्यसो त गुरुङ समुदायमा रोधी बस्ने परम्परा रहेको र दयालु युवतिलाई दयारानी भन्ने गरिएको भन्दै निर्देशक गुरुङले त्यहीबाट चलचित्रको नाम जुराएको स्पष्ट पारेका छन् ।
सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्देशक गुरुङले नै लेखेका हुन । चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायाँकन, बिनोद बानियाँ र राजनराज शिवाकोटीको संगीत र बिक्रम स्वारको कोरियोग्राफी रहेको छ । चलचित्रमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri