Dimaag Kharaab
Feature Film Political DramaNov 10, 2023Hall Release
News
‘दिमाग खराब’ले घोषणा गर्यो क्रिकेट खेलाडीलाई पुरस्कार

अर्को वर्ष अमेरिका र वेष्ट इन्डिज हुने टि–२० को एसिया छनोट कात्तिक १३ गते सोमाबारबाट टीयू क्रिकेट मैदानमा सुरु भएको छ । विभिन्न कम्पनिले नेपाली खेलाडीलाई हौसला प्रदान गर्न पुरस्कारको घोषणा गरिरहेका छन् ।
यसैबीच आगामी कात्तिक २४ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को टिमले पनि पुरस्कारको घोषणा गरेको छ । टी–२० क्रिकेटमा ‘दिमाग खराब म्यान अफ दी म्याच’ बन्ने खेलाडीलाई ५० हजार र आफ्नो खेल कौशलले टिमलाई महत्त्वपूर्ण सहयोग गर्ने खेलाडीलाई ‘दिमाग खराब सेग्मेन्ट अफ दी डे’ अन्तर्गत १० हजार प्रदान गरिने निर्माता रौनक बिक्रम कडेलले जानकारी दिए ।
यो पुरस्कार नेपाली खेलाडीले मात्र पाउनेछन् । यसको छनोट गर्ने सम्पूर्ण अधिकार भने नेपाल क्रिकेट सङ्घ (क्यान)लाई दिइएको छ । त्यस्तै, चलचित्रको कूल मुनाफाको ५ प्रतिशत क्यानको विकासका लागि समेत प्रदान गरिने भएको छ । यसविषयमा आइतबार निर्माता कडेल र क्यानका पदाधिकारीबीच सहमति भएको छ ।
नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको कडेलले बताए । नेपाली चलचित्रले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा क्यानसँग सहकार्य गरेको हो । क्यानसँग मिलेर चलचित्रको टिमले ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ ।
क्रिकेटका सौखिक रौनकले भने – ‘अहिले देशलाई चिनाउने काम क्रिकेटले गरिरहेको छ । नेपाली खेलाडीहरुले निकै राम्रो प्रदर्शन गरिहेका छन् । यो बेला सबैको साथ, सहयोग र हौसलाको खाँचो छ । यसैले चलचित्रको तर्फबाट यो घोषणा गरेका हौं ।’
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि चलचित्रको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेकाले पनि चलचित्र प्रतिक्षित मानिएको छ । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चवलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।
चलचित्रमा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral