Dui Numbari
Feature Film DramaOct 07, 2022Hall Release
News
‘दुई नम्बरी’को ‘झलल आयो तिम्रो याद’ सार्वजनिक

चलचित्र ‘दुई नम्बरी’को ‘झलल आयो तिम्रो याद’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ भने गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सौगात मल्ल, दयाहाङ राई र उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ ।
गीतमा सौगात र अभिनेता दयाहाङ राईबीचको मित्रता अनि सौगात र उपासना बिचको प्रमलाई देखाइएको छ । चलचित्रमा सौगात भिन्न गेटअपमा देखिएका छन् । ‘कबड्डी ४’ पछि दयाहाङ र सौगात एकसाथ देखिएकाले ‘दुई नम्बरी’को प्रतिक्षित चलचित्र बनेको छ ।
रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र असोज २१ गतेबाट प्रदर्शनमा आउने छ । दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ भने किरण नेपाली प्रस्तुतकर्ता हुन् ।
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma