Farki Farki
UA Feature Film Love Story, Time LoopMay 23, 2024Hall Release
News
‘फर्की फर्की’को ‘अन्तिम माया’ सार्वजनिक

चलचित्र ‘फर्की फर्की’मा समावेश ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक गरिएको छ । नरेन लिम्बुको स्वर, शब्द र संगीतमा ७ वर्षअघि चर्चित भइसकेको गीतलाई रि–एरेन्ज गरेर चलचित्रमा समावेश गरिएको हो ।
गीतको भिडियोमा मुख्य कलाकार अनमोल केसी र जसिता गुरुर्ङ फिचर्ड छन् । जेठ १० बाट प्रदर्शन हुने चलचत्रको यो गीतले दुई मुख्य पात्रको विछोडको मनोविज्ञान प्रस्तुत गरेको छ । सार्वजनिक भिडियोको मेकिङ पनि अब्बल छ ।
‘टाइम लुप’ जनरामा लभस्टोरी श्रेणीको चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । रोहित अधिकारी र ओम प्रकाश अग्रवाल निर्माता रहेको ‘फर्की फर्की’को ट्रेलरले प्राप्त प्रतिक्रियाका कारण चलचित्र प्रतिक्षित बनेको छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral