Ghar
PG Feature Film HorrorJul 19, 2019Hall Release
News
‘घर’ को सफलता सँगै ‘घर २’ बन्ने

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘घर’ले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको यसको निर्माणपक्षले बताएको छ । यसअघि चलचित्र ‘सुनकेशरी’ले बिगारेको हररको बजार ‘घर’ले सुधार्ने अपेक्षा गरिएको छ ।
चलचित्रको निर्माण कम्पनी डीएस डिजिटलले दिएको जानकारी अनुसार शुक्रबार र शनिबार चलचित्रले ५० लाख माथिको ग्रस कलेक्शन गरेको छ । डीएस डिजिटलका सदस्य दिपेन्द्र के खनालले भने–‘हरर चलचित्रमा जुन तरिकाको दर्शकको चाप देखिएको छ यसले हामीलाई हौस्याएको छ । सिंगल र मल्टिप्लेक्स दुबैमा चलचित्रको व्यापार सुखद छ ।’
दिपेन्द्रले चलचित्रलाई अपुरो शैलीमा सकेको बताउँदै दर्शकले ‘घर २’ बनाउन माग गरेको समेत बताए । उनले नेपालमा पनि हरर चलचित्रमा दर्शकको चाप राम्रो रहेकाले ‘घर २’ बन्नेतर्फ संकेत गरे ।
६० लाख रुपैयाँको लगानीमा बनेको चलचित्रले हल र डिजिटल राइट्सबाट लगानी उठाएको निर्माण कम्पनीले दाबी गरेको छ । शर्मिला पाण्डेको लगानीमा बनेको चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतको मुख्य भूमिका छ । चलचित्रलाई दर्शकले रुचाएका छन् ।
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel