Gopi
Feature Film Drama, SocialFeb 01, 2019Hall Release
News
हट एयर बेलुनमा ‘गोपी’

चलचित्रको प्रचारका लागि कविता लेखन प्रतियोगीता आयोजना गरेको चलचित्र ‘गोपी’ निर्माण टिमले हट एयर बेलुन प्रचार समेत थालेको छ ।
केही समय अगाडि मात्र नेपाल भित्रिएको नेपाल कै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो । कार्यकारी निर्माता श्रीधर पौडेलका अनुसार पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएकोले त्यसको फाइदा उठाउँदै त्यसमा पनि गोपीको प्रचार थालिएको हो ।
दिपेन्द्र लामा निर्देशित चलचित्रमा बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे, हिउँवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ । आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रलाई आरोही केसीले निर्माण गरेकी हुन । माघ १८ गते प्रदर्शन हुने चलचित्रमा सामिप्य तिमल्सेनाको लेखन, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi