Gopi
Feature Film Drama, SocialFeb 01, 2019Hall Release
News
चलचित्र ‘गोपी’को पोष्टर सार्वजनिक
विपिन कार्कीको अभिनय रहेको चलचित्र गोपीको पोस्टर सार्वजनिक भएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ । पोष्टरमा नअटाए पनि चलचित्रमा विपिन, वर्षा र सुरक्षाका अलवा प्रकाश घिमिरे, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, हिउँबाला गौतमलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्रमा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ । चलचित्र आगामी माघ १८ मा रिलिज हुने तय भइसकेको छ ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा सामिप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, विप्लव प्रतीक र बुद्धिसागरको गीत, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi