Gurkha Warrior
Feature Film Action, HistoricalFeb 23, 2024Hall Release
News
अफगान युद्धमा गोली लागेर बेहोस भएका थिए ‘गोर्खा वारियर’ हिरो चाम्स

प्रदर्शनरत् चलचित्र ‘गोर्खा वारियर’का अभिनेता रितेश चाम्सले मँगलबार एक समारोहमा आफ्नो आँशु रोक्न सकेनन् । निर्माण टिमले आयोजना गरेको ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा आफ्नो बास्तविक कथा सुनाउँदै गर्दा उनी भावुक भएका हुन् ।
आफु बेलायती सेनामा भएको र अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको घटना उनले यस अघि लुकाउँदै आएका थिए । युद्धको दर्दनाक पीडा उनले अहिलेसम्म खोल्न चाहेका थिएनन् । आफ्नो त्यो कालो इतिहाँस भएकाले सुरुमा उनले बताउन चाहेनन् । यद्यपी सञ्चारकर्मीको आग्रहमा उनको त्यो घटनाबारे निर्देशक मिलन चाम्सले केही खुलासा गरेपछि अभिनेता रितेशले आफ्नो कथा यसरी सुनाए ।
बेलायती सेनामा सिपाहींको रुपमा छानिएपछि नेपालबाट बेलायत जाने क्रममा रितेशले पहिलो पटक हवाईजहाज चढ्ने अबसर पाए । त्यतिबेला आकाशमा यती ठुलो जहाज उडेको देखेर उनी छक्क परे । त्यो जहाज कसरी उड्छ भनेर उनमा कौतुहलता जाग्यो र भविष्यमा आफुले पनि जहाज उडाउने सपना उनले सोही दिन साँचे ।
‘बेलायती सेनामा केही वर्ष जागिर खाएपछि मैले बिदा लिएर पाईलट कोर्ष गर्ने निर्णय लिएँ र त्यो कार्षको तयारीमा जुट्दै थिएँ । एक्कासी म अफगानिस्तानको युद्धमा जानु पर्ने भयो ।’ उनले अघि थपे – ‘हामी अफगानिस्तानको मरुभूमिमा झर्दै थियौं, जताततै धुलो उडेको थियो । हाम्रो हेलीकोप्टरमाथि लगातार तालिवानले गोली बारुद बर्षाएका थिए । हेलिकोप्टरबाट झरेर जवाफी फायर गर्ने क्रममा मेरो तिघ्रामा कतीबेला गोली लाग्यो मैले वास्तै गरिन् । तिघ्रामा पालेको जस्तो लागेको थियो, एकछिनमा म रगताम्मे भएछु, भने मलाई छाडेर हेलिकप्टर माथि आकाशमा उड्न थालेको थियो । तर, माथिबाट एकजना अफिसरले मलाई लडेको देख्नु भएपछि उहाँहरुले सबैको ज्यान जोखिममा पारेर भएपनि मलाई उद्दार गरेर लानु भएछ । म चार दिनपछि होसमा आउँदा अस्पतालको बेडमा थिएँ र मेरो एउटा खुट्टा नचल्ने अबस्थामा थियो ।’
यो सुनाउँदै गर्दा निकै भावुक हुँदै रितेशले भने – ‘जब मलाई डक्टरहरुले अब तिम्रो एउटा खुट्टा चल्दैन भन्नु भयो, त्यतिबेला मैले आफ्ना सबै सपनाहरु तुहिएको महसुुस गरेँ । अस्पतालबाट डिस्चार्ज भएर म यस्तो डिप्रेसनमा गएँकी मलाई सामान्य हुन तीन वर्ष लाग्यो । तर, मैले हिम्मत हारिन् । त्यसपछि मैल अमेरिकाबाट पाईलटको कोर्ष पुरा गरेर इन्टरनेशलन हवाई जहाज उडाउन थालेका हुँ ।’
डक्टरले उनलाई ‘फरक क्षमता’को प्रमाणपत्र दिएपछि बेलायत सरकारले पनि रितेशलाई सेनाबाट सोही प्रमाणपत्रको कारण अबकास दियो । तर, रितेशले आत्म विश्वास गुमाएनन्, ‘मैले आफुलाई सामान्य नागरिकझैं प्रस्तुत गर्न तेक्वान्डो खेल्दै गएँ र आफुलाई शारीरिक एवम मानसिक रुपमा फिट बनाएँ । अहिले म तेक्वादोमा थ्रि डान बन्न सफल भएको छु । मैले सो क्रममा नेपालको ८००० मिटर माथिको हिमाल पनि चढेँ भने स्काई डाईभिङ पनि गरेँ । बेलायतबाटै अभिनयमा मास्टर डिग्री गरेपछि बल्ल म चलचित्र गोर्खा वारियरमा अभिनेता बन्न सफल भएको हुँ ।’
चलचित्र गोर्खा वारियर नै खेल्नुको कारणबारे रितेशले भने, ‘मेरा हजुरबुबा पनि ब्रिटिस सेनाको सिपाही हुनुहुन्थ्यो र उहाँ मलायको युद्धमा घाईते हुनु भएको थियो । म पनि बेलायती सेना भएर अफगानिस्तानको युद्धमा घाईते भएको थिएँ । गोर्खा वारियरको कथा हजुर बुबाको, मेरो र हामीजस्ता कैयौं बास्तविक वारियर सिपाहीहरुको कथा थियो । जसरी भए पनि यो चलचित्र खेल्नु पर्छ भनेर निर्देशकज्यूले भनेका सबै प्रकारका शारीरिक तथा मानसिक अभ्यासमा पास भएर छानिएको हुँ ।’
आँखाबाट आँसु पुच्दै अभिनेता रितेशले भने, ‘युद्धदेखि जनयुद्धसम्म गोली लागेका हजारौं सिपाहीहरुको नेतृत्व गर्दै उहाँहरुको हौसला बढाउन पनि मैले यो चलचित्र खेलेको हुँ ।’ आफ्नो नीजि पीडा अरुलाई किन सुनाउनु भनेर यो कुरा यस अघि लुकाएको उनले बताए ।
मुलुकका १२० भन्दा बढी चलचित्र हलमा प्रदर्शन भइरहेको चलचित्र गोर्खा वारियरले पाँचौं दिन पनि राम्रो व्यापार गरिरहेको निर्देशक मिलन चाम्सले जानकारी दिएका छन् । वितरक व्यबस्थापक करण क्रेजीका अनुसार शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनको ४ दिनमा १ करोड ५१ लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको चलचित्र गोर्खा वारियरमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma