Jai Bhole
PG Feature Film Comedy, DramaOct 16, 2018Hall Release
News
अशोक शर्माको ‘रातो टिका निधारमा’ – अर्को दशैंमा

आफ्नै दर्शकलाई साक्षी राख्दै निर्माता तथा निर्देशक अशोक शर्माले आफ्नो आगामी चलचित्रलाई अर्को दशैंमा प्रदर्शन गर्ने जनाएका छन् ।
मंगलबारबाट प्रदर्शनमा आएको चलचित्र जय भोलेको रोलिङ्ग क्रेडिटसँगै आगामी चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । दर्शकलाई दिइएको जानकारी अनुरुप चलचित्रको नाम ‘रातो टिका निधारमा’ रहने छ । स्कृनमा उल्लेख छ – ‘अशोक शर्माको रातो टीका निधारमा २०७६ को दशैँमा ।’
जय भोले प्रदर्शन पूर्व यो चलचित्रको बारेमा केही पनि जानकारी दिइएको थिएन । अहिले पनि चलचित्रको नाम र प्रदर्शन मिति बाहेक अन्य केही बताइएको छैन ।
खगेन्द्र लामिछानेको लेखन रहेको चलचित्र जय भोलेलाई अशोक शर्माले निर्देशन गरेका हुन । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेतलगायतका कालाकारको अभिनय रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri