Jhingedaau
Feature Film DramaSep 02, 2022Hall Release
News
‘झिँगेदाउ’ चलचित्रकै लागि लेखिएको कथा – ज्ञानेन्द्र देउजा

चलचित्र ‘झिँगेदाउ’ शुक्रबारबाट प्रदर्शन आउने चलचित्र हो । चलचित्र स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित रहेको छ । २० को दशकलाई चित्रण गरेर तिवारीले कथा लेखेका थिए । चलचित्रले पनि त्यही सेटअपमा कथा भन्ने छ ।
चलचित्रका माध्यमबाट तिवारीको कथा भन्दैछन् निर्देशक ज्ञानेन्द्र देउजाले । देउजा केहि वर्षको विश्राम पश्चात निर्माण तथा निर्देशनमा कमब्याक गरेका हुन् । आफु कमब्याकका लागि उत्कृष्ट कथाको खोजिमा रहेको र ‘झिँगेदाउ’को कथा उत्कृष्ट लागेकोले चलचित्र बनाएको उनको भनाई छ । देउजाका अनुसार तिवारीको कृति चलचित्रकै लागि लेखिएको कथा जस्तो लाग्छ । किनकी यसमा एउटा चलचित्रका लागि आवश्यक सम्पूर्ण रसहरु सहित बलियो सन्देश पनि छ ।
चलचित्रले देउरानी–जेठानीको कथा भनेको छ । उनीहरुका माध्यमबाट सिङ्गो परिवार र समाजको कथा देखाएको छ समय फेरएको छ । तर, माविय भावना अझै उस्तै छ । यसैले केही वर्ष पहिले लेखिएको कथा भएपनि पुरानो लाग्दैछ । देउजाले भने बरु अहिलेको पुताले पहिलेको समाज नजिकबाट बुझ्न सक्छ ।
चलचित्रमा आँचल शर्मा, केकी अधिकारी, मुकुन भुषाल कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, आयान खड्का, अभय बराल लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri