Jhingedaau
Feature Film DramaSep 02, 2022Hall Release
News
‘झिँगेदाउ’को गीत ‘आगो बिना बिडी’सार्वजनिक

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को गीत ‘आगो बिना बिडी’सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा मुक्ता उदाशको शब्द, अर्जुन पोखरेलको संगीत र शान्ति श्री परियार र प्रविण भेडवालको स्वर रहेको छ । चलचित्रका मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको नृत्य रहेको लोकलयको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।
भिमनिधि तिवारीको कथा झिँगेदाउमा आधारित चलचित्र आगामी भदौ १७ गतेबाट रिलिज हुनेछ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रका सहनिर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri