Jhingedaau

Feature Film DramaSep 02, 2022Hall Release

News

‘झिँगेदाउ’ हेरेर रुँदै निस्किएका दर्शकले भने ‘मौलिक कथा’

लेन्सनेपाल २०७९ भाद्र १७
‘झिँगेदाउ’ हेरेर रुँदै निस्किएका दर्शकले भने ‘मौलिक कथा’

आज शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ’ले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ । शुक्रबारको दर्शक उपस्थिति र प्राप्त प्रतिक्रियाले शनिबार सिनेमाले उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ ।

पहिलो दिन केहि हलमा सिनेमाका कलाकार केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट र निर्देशक ज्ञानेन्द्र देउजासहितको टिम दर्शक प्रतिक्रिया लिन पुगेको थियो ।

हलबाट अधिकांस दर्शक रुँदै निस्किएका थिए । अधिकांसले सिनेमा एकदमै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । विशेषगरि सिनेमाको कथा, कलाकारको अभिनयको तारिफ गरे । यो सिनेमालाई दर्शकले मनोरंजनको फुल डोज भनेका छन् । प्रिमियरमा मौलिक सिनेमाको ट्याग पाएको ‘झिँगेदाउ’लाई दर्शकले पनि मौलिक भनेका छन् ।

हल पुगेकी अभिनेत्री केकी अधिकारीले दर्शकले दिएको प्रतिक्रिया नै रियल प्रतिक्रिया रहेको बताइन । ‘दर्शकको प्रतिक्रियाले एकदमै खुसि छु । यसलाई चाहि म रियल प्रतिक्रिया भन्न चाहन्छु । प्रिमियरमा सिनेमा हेरेका सिनेकर्मीहरुले बिभिन्न कोणबाट बुझेर प्रतिक्रिया दिनु भएको थियो । आजको प्रतिक्रियाले दर्शकले सिनेमा कुन रुपमा लिनु भयो भन्ने कुरा पुष्टि गर्छ । दर्शकको यो भिड र उत्साहले खुसि मिलेको छ ।’ केकीले भनिन् ।

अर्की अभिनेत्री आँचल शर्माले जतिपनि सिनेमा हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको बताइन । ‘जतिले पनि हेरेर निस्कनु भएको छ । सबैले राम्रो भन्नु भएको छ । कति दर्शक रुँदै बाहिर निस्कनु भएको छ । सिनेमाले हाँस्दा हाँस्दै रुवाउने रहेर भन्ने खालको प्रतिक्रिया दिनु भएको छ । एकदमै खुसि छ । भोलिदेखि अझ राम्रो दर्शकको उपस्थिति हुने अपेक्षा लिएका छौँ । आँचल खुसि हुँदै भनिन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमा भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित छ । प्रदीप भारद्वाजको लेखन रहेको सिनेमामा केकी, आँचल, मुकुन र कुशलसंगै हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्मित सिनेमाले दुई दाजुभाई र देउरानी जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । निर्देशक देउजाले यसलाइ सपरिवार हेर्न मिल्ने सिनेमा भनेका छन् ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।