Jhingedaau
Feature Film DramaSep 02, 2022Hall Release
News
‘झिँगेदाउ’को गीत ‘टल टल टलक्कै’ सार्वजनिक

चलचित्र ‘झिँगेदाउ’को गीत ‘टल टल टलक्कै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत र अन्जु पन्त र सुरेश लामाको स्वर छ ।
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रको यो गीत विवाहको माहौलमा छायाँकन गरिएको छ । गीत लोकलयमा आधारित छ । चलचित्रमा मुख्य कलाकार केकी अधिकारी र मुकुन भुषालको विवाह माहोलमा आँचल शर्मा र कुशल विष्टले कम्मर मर्काएको देख्न सकिन्छ । गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।
प्रदीप भारद्वाजको पटकथा रहेको चलचित्रमा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्र भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।
भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित चलचित्रले दुई दाजुभाई र देउरानी–जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri