Kabaddi 4
Feature Film Comedy, Love StoryMay 27, 2022Hall Release
News
‘कबड्डी ४’ : आक्रामक ओपनिङ्ग
शुक्रबारबाट बर्षकै प्रतिक्षित सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ रिलिज भएको छ । अग्रिम टिकट बुकिङ रेकर्ड बनाएको सिनेमा बिहानी शोबाटै बम्पर सुरुवात गरेको छ । वितरकका अनुसार सिनेमा नेपाली बक्सअफिसमा पहिलो दिन नै २ करोड माथि ओपनिङ्ग गर्ने अनुमान गरेका छन् ।
कबड्डी ४ ले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म एकछत्र राज गरेको छ । सिनेमाले देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै ९८ शो दिएको छ । यस्तै, काठमाडौं उपत्यका र बाहिरका पनि अधिंकाश मल्टिप्लेक्समा कबड्डी ४ मात्रै रिलिज भएको छ । यही सिनेमाका कारण नेपालमा अन्य विदेशी सिनेमा समेत नेपाल नल्याएको वितरकको दाबी छ । यो सिनेमाले पुर्ण रुपमा नेपाली सिनेमाको दर्शकलाई हलमा फर्काउन सफल भएको उल्लेख गरेका छन् ।
सिनेमाले बिहिबार आयोजित प्रिमियर शोमा समेत उत्कृष्ट प्रतिक्रिया पाएको छ । बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।
समाजिक कथावस्तुलाई कमेडी मार्फत प्रस्तुत गरिएको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



