Ke Ghar Ke Dera
Feature Film DramaOct 21, 2022Hall Release
News
‘के घर के डेरा’को फष्टलुक पोष्टर सार्वजनिक

कार्तिक ४ मा रिलिज हुने चलचित्र ‘के घर के डेरा’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा फिचर्ड छन् । यस्तै अर्को एक पोस्टरमा विपिनलाई चुरोटको बट्टाबाट काजु झिकेर खाँदै गरेको देख्न सकिन्छ भने दोस्रो पोस्टरमा टाई कोट र कालो चस्मामा ठाटिएका दयाहाङले आकाश तिर हेरेका छन् ।
तेस्रो पोस्टरमा वर्षालाई खुसि बनाउन विपिनले लालपुर्जा देखाइरहेको दृश्य छ । पृष्ठभुमिमा सुरक्षा र रविन्द्र हर्षित मुद्रामा देखिएका छन् ।
महेश दवाडीको पटकथा र संवाद रहेको चलचित्रमा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री बाल कलाकार आयुशी ढकालको पनि अभिनय छ ।
सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri