Ke Ghar Ke Dera
Feature Film DramaOct 21, 2022Hall Release
News
चलचित्र ‘के घर के डेरा’को टाइटल ट्रयाक रिलिज
चलचित्र ‘के घर के डेरा’को टाइटल ट्रयाक रिलिज गरिएको छ । सोमवार रिलिज गरिएको गीतमा सुब्रत राज आचार्य र डिपी खनालको शब्द र शंकर थापा स्माइलको स्वर र संगीत रहेको छ । गीतमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई देखाइएको छ । त्यस्तै, काठमाडौंमा घर हुनेहरुको समस्यालाई पनि गीतले सम्बोधन गरेको छ ।
चलचित्रमा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ । दिपेन्द्र क. खनालको निर्देशन रहेको चलचित्रमा सिंगे लामाको कथा र महेश दवाडीको पटकथा तथा संवाद रहेको छ ।
चलचित्रमा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




