Lakhey
Feature Film ActionNov 04, 2022Hall Release
News
एक साता पछि सर्यो ‘लाखे’को प्रदर्शन, अब कार्तिक १८ मा आउने

चलचित्र ‘लाखे’को प्रदर्शन मिति एक हप्ता पछि सरेको छ । यसअघि कार्तिक ११ मा प्रदर्शन हुने भनिएको चलचित्र अब कार्तिक १८ मा प्रदर्शनमा आउने छ ।
कात्तिक ११ मा महजोडी अभिनित महापुरुष पनि रिलिज हुने भएकाले महजोडीलाई सम्मान गर्दै आफुहरु एक हप्ता पछाडी सरेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिएका छन् । प्रदर्शन मिति परिवर्तनसँगै चलचित्र निर्माण टिम प्रचारमा जुटिसकेको निर्देशक सम्राट बस्नेत बताएका छन् ।
चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा र निर्माण रहेको चलचित्रका निर्माता डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) हुन् ।
चलचित्रमा सुजन प्रजापतिको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन, अर्जुन जिसीको सम्पादन र दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।
औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको पटकथा आकाश बरालले हुन भने संवाद लेखनमा उनलाई अनुप न्यौपाने सघाएका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri