Lakhey
Feature Film ActionNov 04, 2022Hall Release
News
चलचित्र ‘लाखे’को गीत ‘पैसाको बोट’ सार्वजनिक

चलचित्र ‘लाखे’को ‘पैसाको बोट’बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीत लिरिकल भर्सनमा छ । जसमा चलचित्रका चल–अचल दृष्यहरु समावेश गरिएको छ । सार्वजनिक र्याप शैलीको गीत युवा पुस्तामाझ लोकप्रिय हुने आशा गर्न सकिन्छ । गीतले चलचित्रको कथालाई बुझाउन खोजेको छ ।
कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । एक्सन जनराको चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा र निर्माण रहेको चलचित्रका निर्माता डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) हुन् ।
चलचित्रमा सुजन प्रजापतिको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन, अर्जुन जिसीको सम्पादन र दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।
औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको पटकथा आकाश बरालले हुन भने संवाद लेखनमा उनलाई अनुप न्यौपाने सघाएका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri