Missing Movie Online

London To Paris

Feature Film Love StoryJun 07, 2024Hall Release

News

‘लण्डन टु पेरिस’को गीत ‘हतारले’ सार्वजनिक

लेन्सनेपाल २०८१ जेष्ठ २९
‘लण्डन टु पेरिस’को गीत ‘हतारले’ सार्वजनिक

प्रदर्शनरत चलचित्र ‘लण्डन टु पेरिस’को नयाँ गीत ‘हतारले’ सार्वजनिक भएको छ । मंगलबार युट्युवमा रिलिज गीतमा चलचित्रका चार मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा शर्मा र रुष्मा थापा फिचर्ड छन् ।

चलचित्रको सार्वजनिक गीतमा सलिन मगरको शब्द, संगीत र स्वर रहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले दर्शकबाट राम्रो वर्डअफ माउथ पाएको छ । बिशेषगरी डेव्यु अभिनेता निश्चल र साम्राज्ञीको कमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । साथै कथावस्तुलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

घनश्याम लामिछाने निर्देशित चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सहनिर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।