Missing Movie Online

London To Paris

Feature Film Love StoryJun 07, 2024Hall Release

News

‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०८१ जेष्ठ १३
‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक

जेठ २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ ।  ट्राभल लभस्टोरी चलचित्रको ३ मिनेट ४ सेकेण्ड लामो ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरले चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको स्पष्ट पारेको छ । साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा, कबीर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीलगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत र लांगिनस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

एबी इन्टरनेशनलको प्रस्तुतिमा बनेको चलचित्र निर्माणमा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्मसले सहकार्य गरेका छन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । यस्तै, सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको चलचित्रमा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता रहेका छन् ।