London To Paris
Feature Film Love StoryJun 07, 2024Hall Release
News
‘लण्डन टु पेरिस’को गीत ‘सुवी डु’ सार्वजनिक

घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ । शुक्रबार रिलिज गरिएको यो रोमान्टिक गीतमा बियोण्डको संगीत तथा शब्द अनि बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ ।
डान्सिङ नम्बरको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापा फिचर्ड छन् । सार्वजनिक गीतलाई अस्कर विजेता कोरियोग्राफर लंगनेस फर्नान्डेजको कोरियोग्राफी गरेका हुन् । सार्वजनिक गीतले चलचित्रमा तीन जोडीको प्रेमकथा बुनिएको बुझ्न सकिन्छ ।
चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । चलचित्रमा जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।
चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma