Ma Yesto Geet Gauchhu 2
Feature Film Love StoryFeb 25, 2022Hall Release
News
‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा पूजा शर्मा र पल शाहको सांगीतिक यात्रालाई प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलर पलको स्टार हुँदाको समय र स्टारडम खस्केपछिको फ्रष्टेशन अनि पुजालाई पलले देखाएको स्टार बन्ने सपनाका बिच घुमेको छ । सुर्दशन थापाको निर्देशन रहेको चलचित्रमा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायत कलाकारको अभिनय रहेको छ ।
नायिका पूजा र निर्देशक सुदर्शनको लगानीमा बनेको चलचित्रमा निर्देशक सुदर्शनको कथा, शिवम अधिकारी र दिनेश न्यौपानेको लेखन, सौरभ लामाको छायांकन, बनिष शाह र मिलन श्रेष्ठले सम्पादन र अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्र फागुन ३० गते देखि प्रर्दशन हुँदैछ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri