Maaleekaa
PG 120 mins Feature Film Drama, SocialNov 02, 2018Hall Release
News
कमलालाई थियो कतै बेच्दिन्छिन कि भन्ने डर, बनमन्त्रीले आश्वस्त पारेपछि पर्न थालिन भर
जाजरकोटकी कमला वली बैशाख १३ गते पहिलो पल्ट काठमाडौं आएकी हुन । कमलाका लागि काठमाडौं नयाँ मात्र होइन निकै नौलो शहर थियो । त्यसमाथी आफुले भेटेका हरेक मान्छे नौला थिए । पहिलो पटक राजधानी शहर आएकी थिइन, चर्चित हिरोइन रेखा थापा उनी सँगै थिइन् तर पनि उनमा कुनै उत्साह थिएन, उमंग थिएन । थियो त केवल मनभरी डर । कतै बेचिदिने पो हुन कि ।
कयौं शुभचिन्तकहरु रेखासँग भेट्न मरिहत्ते गर्छन । तर, कमलालाई रेखा थापा को हो, के हो केही थाहा थिएन् । फोनमा कुरा त भएको थियो, नाम त सुनेकी थिइन तर, उनको कुरामा विश्वास थिएन । थियो त केवल मनभरी डर । कतै बेचिदिने पो हुन कि ।
अक्सर कलाकारहरु शव्द छानि छानि बोल्न खोज्छन् । बान्कि मिलाएर, बनाबटी नै किन नहोस् मिडियासँग प्रस्तुत हुँदा शव्द शव्दमा श्रृगार भर्न खोज्छन् । तर, कमला वलि जो सच्चा मनबाट बोल्छिन् । आफुलाई लागेको कुरा भन्न कुनै श्रृगारिक शव्दको प्रयोग गर्दिनन्, न त बान्कि नै मिलाउने कोसिस गर्छिन । मनको कुरा बोल्ने कमला राजधानीको स्टार मलमा रहेको कफि एभिन्यूमा मंगलबार साँझ हामीसँग गफिदै थिइन । निस्फिक्रि भएर । कुनै कुरामा बनाबटीपन भेटिएन, जे मनमा लाग्यो त्यही कुरा बताउँदै गइन ।
चलचित्र मालिकाको मुख्य भुमिकामा अभिनय गरेकी कमलाले चलचित्रबाट धेरै कुरा सिकेकी छिन । अभिनयको कुरा गर्दा निर्देशनको समेत जिम्मा लिएकी रेखाले जे सिकाइन त्यही गर्दै गइन । तर महत्वपूर्ण कुरा बालविवाह गर्नु हुन्न भन्ने सिक्न पाइन । विवाह २० वर्ष पछि मात्र गर्ने, पढाई नविगार्ने । उनले सिकेका कुरा हुन । अनि आफ्नो गाँउ गएर उनले सिकाउने कुरा पनि यिनै हुन । मुख्य कुरा हो बालविवाह गर्नु हुँदैन ।
पछिल्लो केही दिन यता कमला साथी शर्मिला रावलसँगै काठमाडौंमा नै छिन । शर्मिला पनि कमलासँगै मालिकामा खेलेकी छिन । यसपटक उनी जव काठमाडौं आइन, तब पहिले भन्दा अझ धेरै मान्छेसँग भेट हुन थाल्यो । रेडियो, टिभी, पत्रिका र अनलाइनमा अन्र्तवार्ताहरु हुन थाले । उनी अहिले निर्माता नरबहादुर कार्कीको नैकाव स्थित घरमा बसिरहेका छन् । कमलाले पहिलो पटक गत वर्ष चैत्रमा आफ्नै गाँउमा देखेकी थिइन नरबहादुरलाई ।
कमलालाई त्यो दिन अझै याद छ । चैत्र ४ गते को दिन हो । कमला साथीहरुसँग खेलेर बसेकी थिइन । उनको घर पारिको नलगाम नगरपालिका बाट फर्किर्दै गरेका एक व्यक्तिले उनलाई देखे । ति व्यक्ति थिए नरबहादुर । उनले कमलालाई त्यही भेटमा चलचित्र खेल्न अफर गरे । तर, कमलाले सहज जवाफ दिइन – ‘नाई ।’
१५ वर्षकी कमलाले त्यो समय सम्म न त टेलिभिजन नै देखेकी थिइन, न त चलचित्र नै हेरेकी थिइन । चलचित्र कस्तो हुन्छ भन्ने नै थाहा नपाएकी उनका लागि चलचित्र नै खेल्ने अफर पत्याउनै नसक्ने खालको थियो । त्यसैले उनले नरबहादुरको प्रस्ताव सोच्दै नसोचि रिजेक्ट गरिदिइन । तर नरबहादुरले हार खाएनछन्, उनले कमलाकी आमा र बुबालाई छोरीलाई चलचित्र खेलाउने प्रस्ताव गरे । तर अँ.. हँ..., उनीहरुले पनि मानेनन् । नरबहादुरले उक्त गाँउका मेयरलाई समेत गुहारे । मेयरले पनि कमलाको परिवारबाट गाली खाए, चलचित्र खेलाउन परिवार राजी भएन ।
नरबहादुर काठमाडौं फर्किए । चैत्र ८ गतेबाट कमलाको एसइई परिक्षा थियो । उनले परिक्षा दिइन । यता कमलालाई राजी गराउन नरबहादुर र रेखाको प्रयास जारी रह्यो । उनीहरुले निरन्तर प्रयास गरे । रेखाले पनि काठमाडौंबाट फोन गरिन तर, कमलाको जवाफ एउटै आयो फिल्म खेल्दिन । कमला भन्छिन – ‘अपरिचित व्यक्तिले आएर एक्कासि फिल्म खेल भन्दा हुन्छ भन्न सकिन् ।’
अन्ततः कमलाका हजुरबुबा (मावली तर्फका) नन्दराम बुढाथोकी (अन्दाजी ५५)ले एकपटक काठमाडौं गएर भेटेर कुरा गर्दा केही हुँदैन, नातिनीलाई राम्रो हुन्छ भने फिल्म खेल्न दिदा हुन्छ भनेछन् । कमला बैशाख १३ गते हजुरबुबा सँगै काठमाडौं आइन ।
कमलाले काठमाडौं आएपछि हो पहिलो पटक रेखालाई भेटेको । त्यो दिन कमला खासै खुल्नै सकिनन् । रेखा थापा, नरबहादुर कार्कीलगायतसँग भेट भयो । साँझ रेखाकी आमाले कमलालाई चावाहिल गणेशथान तिर घुमाउन लगिछन् । उनले कमलाका लागि खानेकुरा किनीदिइन तर कमलाले फ्याकिदिइन । किनकी उनको मनमा डर थियो । कतै बेचिदिने पो हुन कि ।
चिनेको कोही थिएन, काठमाडौंमा जानेको केही थिएन किन डर नलागोस् त कमलालाई । उनको गाँउमा टेलिभिजन पनि पुगेको छैन । पुगेको छ त केवल रेडियो मात्र । रेडियो मै उनले सुनेकी थिइन चेलिवेटी बेचविखन बारेका कुरा । उनले त्यहीबाट बुझेकी थिइन अपरिचित मान्छेले ललाई फकाई गरेर बेचिदिन सक्छन्, उनले त्यहीबाट थाहा पाएकी थिइन अपरिचित व्यक्तिले दिएको खाने कुरा पनि खानु हुँदैन । त्यसैले उनले रेखाकी आमाले दिएको खानेकुरा फ्याकिदिइन ।
१४ गते कमलालाई बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतसँग भेट गराइयो । मन्त्री बस्नेत कमलाकै गाँऊका हुन । सिंहदरबारमै मन्त्री बस्नेतसँग भेटेपछि मात्र कमलालाई नरबहादुर र रेखा प्रति विश्वास जाग्यो । मन्त्री बस्नेतले रेखा र नरबहादुर राम्रो मान्छे भएको र उनीहरुले भविष्यको बाटो देखाउन सक्ने भएको बताए । कमलालाई रेखा थापासँग चलचित्र खेल्न पाउनु उनका लागि अवसर भएको भन्दै मन्त्रीले आश्वस्त पारिदिए । आफ्नै गाँउ ठाँउको मान्छे त्यसमाथी मन्त्री, कमलाले उनको कुरामा विश्वास गरिन । जब मन्त्री बस्नेतसँग भेट भयो अनि कमला चलचित्र खेल्न राजि मात्र भइनन् नरबहादुर र रेखा प्रति भरोसा पनि गर्न थालिन । अनि बल्ल मनभरीको डर हरायो – कतै बेचिदिने पो हुन कि भन्ने ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral