Machha Machha
Feature Film DramaDec 06, 2019Hall Release
News
‘माछा माछा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘माछा माछा’को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिक २९ गतेबाट प्रदर्शन हुने चलचित्रको ट्रेलर सस्पेन्स र कमेडीले भरिएको छ ।
तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथा चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको मुख्य भूमिका रहेको छ ।
सुनिल गुरुङको लेखन र निर्देशन रहेको चलचित्रमा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको पनि अभिनय छ ।
रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।
सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले चलचित्र निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्की सह-निर्माता रहेका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri