Mahapursh
Feature Film DramaOct 28, 2022Hall Release
News
मोफसलमा दर्शक भेट्दै ‘महापुरूष’ टिम

ब्यवसायिक सफलता हात पारिरहेको चलचित्र ‘महापुरूष’ मोफसलका दर्शक भेट्न बिभिनन शहर पुग्ने भएको छ । दर्शकबाट उम्दा प्रतिक्रिया पाइरहदा काठमाडौं बाहिरका दर्शकलाई धन्यबाद दिनुका साथै प्रत्यक्ष प्रतिक्रिया लिन बिभिन्न शहर पुग्न लागेको कार्यकारी निर्माता रबिन्द्र सिह बानियाँले जानकारी दिएका छन् ।
आज नेपालगन्जबाट शुरु भएको यात्रामा बानियाँ सहित लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराईली रहेका छन् । नेपालगन्जमा दर्शक भेटेर प्रतिक्रिया लिने टिम दाङ, बुटवल हुँदै चितवनसम्म पुग्नेछ । ‘हामी आज नेपालगन्जका दर्शकहरूसँग भेटघाट गर्नेछौँ । त्यसपछि दाङ, वुटवल हुँदै चितवनका दर्शकलाई भेटेर काठमाडौं फर्किने तयारी छ’, कार्यकारी निर्माता बानियाँले भने । कात्तिक १६ मा नेपालगन्जमा मोफसलका दर्शक भेटघाट गर्ने टिमले १६ गते साँझ र १७ गते दाङ, १७ गते दिउँसो वुटवल र १८ गते नारायणगढको दर्शकसँग भेटघाट गर्दै काठमाडौं फर्किनेछन् ।
माउथ पब्लिसिटीमा अब्बल देखिएको चलचित्र हेर्न बिभिन्न उमेर समुहका दर्शकहरु हलमा देखिएका छन । खासगरि परिवार सहित हलमा आउने दर्शकहरुको बाक्लो उपस्थिति छ ।
एक्लोपनको कथा भन्ने चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri