Mahapursh
Feature Film DramaOct 28, 2022Hall Release
News
चलचित्र ‘महापुरुष’को गीत ‘पर्खाल’ सार्वजनिक

प्रदर्शनरत चलचित्र ‘महापुरुष’को ‘पर्खाल’ बोलको गीत सार्वजनिक गरिएको छ । बक्सअफिसमा हिट सावित भइसकेको चलचित्रको सार्वजनिक गीतमा कवि नवराज पराजुलीको शब्द रचना तथा कल्याण सिंहको संगीत र शान्तिम कोइरालाको स्वर छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य र गौरी मल्लवीचको सामिप्यतालाई प्रस्तुत गरिएको छ । गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन् ।
माउथ पब्लिसिटीमा अब्बल सावित भएको चलचित्रले दोस्रो सातामा पनि उल्लेख्य ब्यापार गरिरहेको छ । चलचित्र हेर्ने दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको चलचित्र नेपाल बाहेक अष्ट्रेलिया र अमेरिकामा पनि सmल भइरहेको छ । एक्लोपनको कथा देखाइएको चलचित्र हेर्न स–परिवार हलमा आउने दर्शकहरु ज्यादा देखिएका छन् ।
प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र षट्कोण आट्र्सको व्यानरमा निर्माण भएको हो । रबिन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र दिपेश खत्री निर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन, कवि नवराज पराजुलीको गीत, रोहित शाक्य र शैलेश श्रेष्ठको पाश्र्व संगीत, अमित श्रेष्ठको मिक्सिङ र कपिल पराजुलीको कलर करेक्सन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri