Mahapursh
Feature Film DramaOct 28, 2022Hall Release
News
चलचित्र ‘महापुरुष’को ट्रेलर रिलिज

चलचित्र ‘महापुरुष’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलर भावना, रोमान्स र कमेडी पन्चलाइनले भरिएको छ । एकल बुबाले बुढेसकालमा दोस्रो विवाह गर्दा खेरि आउने उतारचढाव ट्रेलरमा देख्न सकिन्छ । चलचित्रमा हरिवंश आचार्य र अभिनेत्री गौरी मल्लले जोडी बाँधेका छन् ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, सिरु विष्ट, कोपिला थापा, शिखा तामाङ, कविता श्रेष्ठ, नरेश पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । यहि चलचित्रबाट अरुण क्षेत्री र अञ्जना बराइलीले ठुलो पर्दामा डेब्यु गर्दैछन् ।
दीपक बज्रचार्यको छायाँकन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन रहेको छ ।
षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । म्याक्स दिपेश खत्रीको निर्माण रहेको चलचित्र कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri